a presentation of Dreams & Ideas

         
     
   

बालसाहित्य विकास

नेपाली बालसाहित्यको इतिहास

लेखकः प्रमोद प्रधान
लिखित बालसाहित्यको इतिहास पढ्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्

हाम्रा बालबालिकाहरू र बालसाहित्य

लेखक शान्तदास




नेपाली बालपत्रिकाको बालसाहित्यमा योगदान

लेखक जीवेन्द्रदेव गिरी

 

नेपाली बालसाहित्यको सय वर्ष
प्रकाशकः नेपाल बालसाहित्य समाज मितिः २०६४ साउन
सम्पादकः भिक्टर प्रधान संयोजकः जनकप्रसाद हुमागाईँ
पुस्तकमा वि.सं‌‌. १९५८ देखि २०५८ सम्मको बालसाहित्यको इतिहास समेटिएको छ ।

 

 

नेपाली बालसाहित्यको विकासमा लागेका संघ, संस्थाहरूको चिनारी

बालसाहित्यको विकासका लागि भएका गतिविधि

नेपाल बालसाहित्य समाज

नेवासास NESCHIL

स्थापनाः विक्रम संवत २०४४ साल दशैँ ।
संस्थाको विधानअनुसार बाल भन्नाले १५ वर्षसम्मका बालबालिकालाई जनाउँछ ।
बालसाहित्य भन्नाले "बालबालिकाहरूका निम्ति उपयुक्त भाषा र शैलीमा प्रस्तुत भएका र श्रव्य, दृश्य तथा र्स्पर्शग्राह्य रूपमा तयार गरिएका कुनै पनि विषयका कृति" लाई जनाउँछ ।

उद्देश्यः
बालसाहित्यका लेखक, चित्रकार, सम्पादक, अनुवादक, समीक्षक, शिक्षक, ग्रन्थपाल र प्रकाशक तथा बालविशेषज्ञ, तथा बालकार्यक्रमसँग सम्बद्ध व्यक्तिहरूका बीच सहयोग सौहार्द र सद्भावनाको विकास गर्दै नेपालमा बालसाहित्यको सिर्जना, प्रकाशन, वितरण र पठन कार्यको अभिवृद्धि गर्नु ।

उद्देश्य प्राप्तिका लागि संस्थाले गर्ने कार्यक्रमहरूः
क) समयसमयमा प्रवचन, गोष्ठी र कार्यशालाहरू आयोजना गर्ने ।
ख) वर्षमा एक पल्ट वाषिर्क सम्मेलन गर्ने ।
ग) बालसाहित्यको सम्बर्द्धनका निम्ति प्रतियोगिताहरू गराई पुरस्कृत गर्ने ।
घ) स्तरीय बालपुस्तकहरू प्रकाशित गर्ने ।
ङ) बालसाहित्य र पठनसम्बन्धी अनुसन्धानात्मक पत्रिका र बुलेटिन प्रकाशित गर्ने ।
च) बालबालिकाहरूलाई पठन कार्यमा जागरुक तुल्याउने कार्यक्रमहरूको आयोजना गर्ने ।
छ) विश्वका सर्वश्रेष्ठ बालसाहित्यको नेपाली तथा संभव भएसम्म नेपालका अन्य राष्ट्रिय भाषामा अनुवाद गर्ने र नेपालका बालसाहित्यको विदेशी भाषामा अनुवाद गर्ने ।
ज) नेपालको बालसाहित्यको विकासका सम्बन्धमा बालसाहित्य तथा बालहित सम्बन्धी स्वदेशी तथा विदेशी संस्थाहरूसँग पारस्परिक सहयोग र जानकारीको आदान प्रदान गर्ने ।

सदस्यता
वार्षिक तथा आजीवन सदस्यः बालबालिकाका निम्ति तयार गरिएको कुनै पनि विषयका कृतिका लेखक, अनुवादक, चित्रकार र सम्पादकका साथै बालसाहित्यका समीक्षक, बाल पुस्तकालयका ग्रन्थपाल, बालसाहित्यका शिक्षक, बाल विशेषज्ञ तथा बाल कार्यक्रमसँग सम्बद्ध व्यक्ति संस्थाका आजीवन र बाषिर्क सदस्य बन्नसक्छन् ।

समर्थक सदस्यः बालसाहित्यको सर्म्बर्द्धनमा अभिरुचि लिने कुनै पनि व्यक्ति आजीवन सदस्यका लागि सिफारिसमा निर्धारित शुल्क तिरी समर्थक सदस्य बन्नसक्छ ।

संस्थागत सदस्यः विद्यालय, पुस्तकालय र साहित्यिक, सांस्कृतिक वा प्राज्ञिक संस्थाहरू निर्धारित शुल्क तिरी संस्थागत सदस्य बन्नसक्छन् ।

सम्मानित सदस्यः कार्यसमितिको सिफारिसमा साधारण सभाले सम्मानित सदस्यता प्रदान गर्छ ।

बाषिर्क, आजीवन, र्समर्थक र संस्थागत सदस्यता शुल्क कार्यसमितिले निर्धारण गर्छ ।
कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य गरी जम्मा ११ जना हुन्छन् । कार्यसमिति तीन वर्षका लागि चुनिन्छ । वर्तमान कार्यसमितिको चुनाव २०६१ चैतमा भएको थियो ।

नेपाल बालसाहित्य समाजको बारेमा धेरै कुरा जान्न
यहाँ क्लिक गर्नुहोस् ।

माथि

बालसाहित्य प्रवर्द्धन केन्द्र (बाल संसार)
बालबालिकामा पढने बानी विकास गर्ने लक्ष लिएर यो केन्द्रको स्थापना भएको हो । सुरुमा यसलाई युनिसेफले दुई वर्षका लागि सहयोग गरेको थियो ।

उद्देश्यहरुः
नेपालभित्र प्रकाशित बालपुस्तक तथा भारतमा नेपाली भाषामा प्रकाशित बालपुस्तकहरू संकलन गर्नु,
संलित पुस्तकहरूको मूल्यांकन गर्नु,
बालसंसारको स्तर सुहाउँदा पुस्तकहरू पुनर्मुद्रण गर्ने अधिकार प्राप्त गर्नु,
बालबालकिकाका लागि मौलिक तथा अनुदित कृति सिर्जना गर्न प्रेरित गर्नु, तथा
बाल साहित्यको विक्री वितरण गर्नु ।

प्रकाशनः
बालसंसारले राम्ररी छानिएका विभिन्न उमेर समूह र रुचिका किताब प्रकाशित गर्छ । अहिलेसम्म यसले पन्ध्र वटा पुस्तक प्रकाशित गरिसकेको छ । यसले बालसाहित्यको सूचिपत्र (क्याटलग) पनि प्रकाशित गरेको छ । साथै बजारमा नपाइने पुस्तकहरू पनि छाप्ने काम गरिरहको छ ।

पुस्तक प्रदर्शनीः
बालसंसारको एउटा गतिलो काम देशका विभिन्न भागमा बालपुस्तक प्रदर्शनी हो । नेपालमा यो नौलो काम हो । यसलाई बालबालिका र अभिभावकहरूले पनि निक्कै रुचाएका छन् । यस्ता पुस्तक प्रदर्शनीहरू काठमाडौँ उपत्यकामा १० ठाउँमा र बाहिर २० वटा शहरमा २४ ठाउँमा आयोजना भइसकेका छन् । अहिलेको प्रतिकूल परिस्थितिले गर्दा पुस्तक प्रदर्शनी स्थगित छ ।

विषयगत पुस्तक सूची (बिब्लियोग्राफी)
बालसंसारले पाएसम्मका नेपाली बालसाहित्य संकलन गरेर विशेषज्ञहरूको समूहद्वारा तिनको मूल्यांकन गराएको छ र आकर्षक, रंगीन बिब्लियोग्राफी तयार पारेको छ । यो मेसोमा ३४६ थान किताब संकलन गरिएका थिए र तीमध्ये २५० पुस्तकको मूल्यांकन गराइएको थियो । २५० मध्ये सबैभन्दा राम्रा १०० थान पुस्तक क्याटलगका लागि छानिएका थिए । बिब्लियोग्राफीमा परेका पुस्तकहरू बालसंसारबाट विक्री वितरण गरिन्छ ।

विक्री वितरण काठमाडौँ उपत्यकामा मात्र सीमित छैन । बालसंसारले उपत्यकाबाहिर बाल साहित्यको विक्रीवितरणका लागि २० वटा एजेन्टहरूको संजाल बनाएको छ । आफ्नै प्रकाशनबाहेक पनि बालसंसारमा ३०० भन्दा धेरै पुस्तकहरू किन्न पाइन्छ । पुस्तककालागि फोनबाट अनुरोध गर्न पनि सकिन्छ । बालसंसारले विभिन्न उमेरका बालबालिकालाई उपहार दिनका लागि पुस्तकको प्याकेट पनि बनाएर बेच्छ ।

लेखकहरूका लागि कार्यशाला
बालसंसारले बाल सहित्य लेखनमा लागेका लेखकहरू र यसमा गहिरो रुचि भएर सक्रियतासाथ लाग्न चाहनेहरूका लागि लेखन कार्यशालाको आयोजना गर्छ । केही कार्यशालाहरू विश्व बालसाहित्यलाई नेपालीमा अनुवाद गर्ने बारेमा केन्द्रित थिए । बालसंसारले यो कामलाई निरन्तरता दिने प्रयाश गर्दैछ ।

बालसंसारबारे बढी जानकारी यहाँबाट पाउनसकिन्छः
बालसंसार, हिमाल एसोसिएसन, पाटनढोका, पोस्टबक्स १६६, ललितपुर, नेपाल ।
फोनः ०१ ५५४२५४४, ५५४८१४२
फ्याक्सः ०१ ५५४११९६
इमेल : balsansar@himalassociation.org
वेबसाइट : http://www.himalassociation.org/balsansar/

बालकोसेली प्रकाशन
नेपालको बालसाहित्यमा बालकोसेली प्रकाशनले महत्वपूर्ण योगदान दिएको छ । यसले बीस वर्षभन्दा अघिदेखि बालबालिकाको हित र रुचिअनुसार बालपत्रिका नेपालीमा बालकोसेली र नेपाल भाषामा मचाक्यव बालबगैँचा प्रकाशित गर्दै आएको छ । साथै यसले बालबालिकाका लागि कथा, कविता, उपन्यास, निवन्ध, विश्वसाहित्यबाट नेपलीमा अनुवाद गरी धेरै पुस्तक प्रकाशित गरिसकेको छ ।

बालकोसेली प्रकाशनका उल्लेखनीय बाल सामग्रीहरू
बालकोसेली दुई महिने बालपत्रिका
मचाक्यव मासिक बालपत्रिका
कथाकोसेली विश्वका उत्कृष्ट बालकथाहरूको अनुवाद गरी प्रकाशन, विभिन्न भागमा
भ्यागुता र बाछी, लोककथामा आधारित सचित्र कथा
जमुनीको छोरो, कविता संग्रह
राम्रो नराम्रो, बालगीत संग्रह
हात्ती, कविता संग्रह
कमिलाको कथा, बाल उपन्यास
अनौठो भूमिमा एलिस, उपन्यास
गुलिभरको लिलिपुट यात्रा, उपन्यास
महाभारतका कथाहरू विभिन्न भागमा
पुतली, बालकाव्य
चार डाला नाक, चित्रकथा
पुतलीका कथा, कथा संग्रह
इतिहासका कुरा
पानीको कथा
गुलाफ र सिउँडी, रुसी आधुनिक बाल दन्त्यकथा संग्रह
म के बन्नु पर्ला, रुसी बालकाव्य
भद्दा टिउरो, हान्स एन्डरसनको प्रसिद्ध कथा
रेलबाटाका केटाकेटीहरू, बेलायती चर्चित उपन्यासको संक्षिप्त संस्करण
सानी जलपरी, हान्स एन्डरसनको प्रसिद्ध कथा
स्कुल जाऔँ, बालकविता संग‍ह
हिउँकी रानी, हान्स एन्डरसनको प्रसिद्ध बालउपन्यास
यात्राको साथी
मुसाका दुलाको कथा
चकमकको बट्टा र उड्ने बाकस
सानो म्याउँको कथा
सानी सानी नानी म
स्कुल जान्छु टम्, टम्, टम् !
साथै अन्य पुस्तकहरू

सम्पर्कः
बालकोसेली कार्यालय,
झोछेँ, काठमाडौँ २३, पोबनं ११३२२
फोन ४२४१९६६

रूम टु रिड
जीवन समृद्ध बनाउने र मानिसको जीवनलाई डोर्याउने साँचो शिक्षा नै हो भन्ने विश्वासमा रुम टु रिड संस्थाको स्थापना गरिएको हो । हरेक बच्चालाई जीवनभरका लागि काम लाग्ने शिक्षा दिनु यसको लक्ष्य हो । गरिबीको चक्र तोडनका लागि यो नभई नहुने सर्त हो भन्ने यसको विश्वास छ ।

शिक्षाको वरदान उपलब्ध गराउनका लागि एक पटकमा एउटा गाउँ, एक पटकमा एउटा स्कुल, एक पटकमा एक जना बालक/बालिका गर्दै रुम टु रिड कम्बोडिया, भारत, लाओस, नेपाल, श्रीलंका र भियतनामसम्म पुग्दैछ ।

ग्रामीण क्षेत्रमा बस्ने बालबालिकाको जीवनमा प्रारम्भिक अवस्थादेखि सघाउन र उनीहरूलाई शिक्षा तथा साक्षरताको आजीवन उपहार उपलब्ध गराउन रुम टु रिडले चार प्रकारका उपाय अपनाएको छ ।

१ समुदायको साझेदारीमा विद्यालय भवन बनाउनु,
२ पुस्तकालय स्थापना गर्नु र तिनलाई उपहार वा दानमा प्राप्त अंग्रेजी भाषाका पुस्तक र रुम टु रिडले प्रकाशित गरेका स्थानीय भाषाका पुस्तकले भर्नु,
३ रोजगारीका लागि दक्षता बढाउन कम्प्युटर र भाषा तालिम कार्यशाला स्थापना गर्नु,
४ उपेक्षित वा पाखापरेका बालिकाहरूका लागि छात्रवृत्ति उपलब्ध गराउनु ।

रुम टु रिडको कार्यालय नेपालमा पनि छ । यसले नेपाली बालबालिकाका लागि सबै पृष्ठ रंगिन भएको आकर्षक पुस्तक प्रकाशित गरिरहेको छ ।

रुम टु रिडबारे बढी जानकारी यहाँबाट पाउनसकिन्छः
रुम टु रिड, पोस्टबक्स ५८४८, ललितपुर, नेपाल ।
फोनः ०१ ५५५३९८७
फ्याक्सः ०१ ५५५३९८३
इमेल : nepal@roomtoread.org , info@roomtoread.org .
वेबसाइट : http://www.roomtoread.org

 

माथि

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of