a presentation of Dreams & Ideas

         
     
   

बाल सिर्जना

मेरो फूलबारी
अमित दुगड

मेरो सानो फूलबारीमा
फूल थरी थरी
भमरा पुतली आई
घुम्छन् वरिपरि ।

कहिले दिन्छु पानी म
कहिले राख्छु मल
पानी र मल पाई
फुल्छन् धेरै फूल ।

फूलले दिन्छ वासना
फूलले दिन्छ शोभा
मैले पनि दङ्ग पर्दै
गर्छु धेरै सेवा ।

मेरो सानो फूलबारीमा
फूल थरी थरी
फिँजाउँछन् वासना
घर वरिपरि ।

 

यसरी नयाँ वर्ष मनायौँ
अमित दुगड
नेपालमा नेपालीहरुले मनाउने विक्रम संवतको नयाँ वर्ष वैशाख १ गतेदेखि सुरु हुन्छ । नयाँ वर्ष आउँदा हामी धेरै खुशी हुन्छौँ । भविष्य उज्यालो पार्ने काममा हामी लाग्छौँ । नयाँ वर्षले हामीलाई नयाँ जोश र जाँगर दिन्छ । नयाँ वर्षमा सुख-शान्तिको कामना गर्छौँ । प्रतीक मान्दछौं । आफ्ना साथीहरुलाई शुभ-कामना बाँड्छौँ ।
देशभरि नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरिन्छन् । नयाँ वर्षको दिनमा विद्यालय र अरु कार्यालयहरु विदा हुन्छ । मानिसहरु वनभोज गएर नाँचगान गरेर नयाँ मनाउँछन् । पुरानो वर्षको दुःख-कष्टलाई हामी बिर्सन्छौँ । यसरी हामी उन्नति-प्रगतिमा लाग्दछौँ ।
पोहोर हामीले हाम्रो विद्यालयमा नयाँ वर्षको उपलक्षमा निकै रमाइलो कार्यक्रम राखेका थियौँ । सबै गुरु र गुरुमाहरु हाम्रा कक्षामा भेला हुनुभयो । पहिले नाँचगानको कार्यक्रम भयो । हाम्रा साथीहरुले राम्रो नाच नाचेर देखाए । केही साथीहरुले मीठा गीत गाएर सुनाए । हामीले पनि एउटा सानो नाटक देखायौं । हाम्रो नाटक हेरेर गुरु-गुरुमाहरु खूब हाँस्नुभयो र हामीलाई स्याबासी दिनुभयो । गुरु-गुरुमाहरुले पनि गीत गाएर हामीलाई सुनाउनुभयो ।
हामीले विद्यालयका ढोकामा रंगीन कागजको पताका टाँगेका थियौँ । कालोपाटीमा "नयाँ वर्षो शुभ-कामना" लेखेका थियौँ । हामीले अभिभावकहरु र गुरु-गुरुमाहरु साथै साथीहरुका लागि केही फलफूल र चकलेटको पनि व्यवस्था गरेका थियौँ । अन्त्यमा उहाँहरुले हामीलाई धेरै-धेरै शुभ-कामना दिनुभयो । हामीहरु निकै खुशी भयौं ।
यसपालिको नयाँ वर्षलाई पनि हामीले यसरी नै स्वागत गर्दैछौँ ।

अमित दुगड, कक्षा ८, बहिरा बालकको स्कूल, नक्साल, काठमाडौँ


यो पृष्ठमा बालबालिका आफैले लेखेर पठाएका रचना, खास गरी कथाहरु राखिन्छन् ।

यसमा राखिने रचना पठाउनका लागि रचना पठाउनुस् पेजमा हेर्नुहोला । यहाँ क्लिक गर्नुस्

आफूले लेखेको कथा इमेलमा नत्थी गरेर पठाए पनि हुन्छ ।

 

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of