a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

दुबै हातमा लड्डु

चकचके मुसा सर्प नचाउने मानिसको घरभित्र पस्यो । त्यहाँ उसले बाँसका धेरै टोकरी देख्यो । सबै टोकरीमा बिर्को लागेको थियो ।

टोकरीभित्र के खाने कुरा छ भनी जान्न चकचके उत्सुक भयो । उसले एउटा टोकरीको विर्कोमा प्वाल पार्यो र भित्र पस्यो ।

सर्प नचाउने मानिसले टोकरीभित्र सर्प राखेको थियो । भोकाएको सर्पले उसलाई एकै गाँस बनायो ।

"पेट पनि भरियो मुक्त पनि भइयो" भन्दै सर्प टोकरीबाट निस्केर दुलोभित्र पस्यो ।

(थोपाथोमा कथा संग्रहमा प्रकाशित )

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of