a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

माछा, भ्यागुता र फुचे

फुचेलाई उसकी आमाले खोलामा नुहाउन लिएर गएकी थिइन् । फुचे चिसो पानीमा नुहाउन मानिरहेको थिएन । आमाले उसलाई पानीमा तानेर लगेपछि ऊ चिच्याएर रुन थाल्यो ।

फुचे रोएको सुनेर पानीभित्रका माछा र भ्यागुताहरूले पानीमाथि टाउको निकालेर हर्ेनथाले । फुचे कराइरहेको थियो, "आमा, जाडो भयो । नाइँ म चिसो पानीमा नुहाउन्न भनेको ।"

फुचेको कुरा सुनेर माछाहरू हाँस्न थाले । उनीहरूले भने, "कस्तो केटो होला । एक छिन पानीमा बुड्न पनि कति डराएको होला ? हामी जीवनभरि पनीमै बस्छौँ त कत्ति पनि रोएका छैनौँ । डरछेरुवा फुचे ।"

माछाहरूको कुरा सुनेर एउटा बूढो भ्यागुताले भन्यो, "तिमी कत्लेहरूलाई जाडो र गर्मीको कुरा के थाहा ! उसको जिऊको छाला पनि तिमीहरूको जस्तै भएको भए ऊ पनि तिमीहरूजस्तै पानीमा रमाउने थियो ।"

फुचेले धेरै जिद्दी गरेपछि आमाले खोलाको छेऊमा झिँजा दाउरा बटुलेर आगो बालिन् अनि खँडकुलोमा पानी तताएर फुचेलाई नुहाइदिइन् । फुचेले तातो पानीले छयाप्ला भन्ने डरले माछा र भ्यागुताहरू पानीभित्र पसे ।

२०६० पुस २९ मंगलबार
साँचल, सानेपा, ललितपुर

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of