a presentation of Dreams & Ideas

         
     
    पंचतन्त्रका कथा

प्रथम तन्त्र
द्वितीय तन्त्र
तृतीय तन्त्र
चतुर्थ तन्त्र
पंचम तन्त्र

पंचतन्त्रका कथाहरूको पृष्ठभूमि

पंचतन्त्र छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको ५ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् । इसपका नीति कथाहरूजस्तै पंचतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् । सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् । कथाका पात्र र परिवेशलाई हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै अनुमान गर्नसकिन्छ ।

पंचतन्त्रका कथाहरू किन लेखिए भन्ने बारेमा रमाइलो कथा छ । महिलारोप्य नगरमा अमरशक्ति नाम भएका महादानी र प्रतापी राजा थिए । उनीसित धनसम्पत्तीको कमी थिएन । तर उनका तीन भाइ छोराहरू उद्दंड र मूर्ख थिए । छोराहरूलाई कसरी सपार्ने भनेर राजा पिरोलिरहन्थे ।

मूर्ख राजकुमारहरूलाई सपार्न सक्ने शिक्षक राज्यभित्र नभेटिएपछि सुमति नाम गरेका मन्त्रीले विष्णु शर्मा नाम गरेका विद्वन पंडितलाई बोलाएर ल्याए । मन्त्रीले राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लगाउन राजालाई सल्लाह दिए ।
राजाले विष्णु शर्मालाई मूर्ख राजकुमारहरूलाई सकेसम्म चाँडै राजनीतिज्ञ बनाइदिन अनुरोध गरे । राजाले उनलाई धेरै धन र जग्गा जमिन इनाम दिने बचन दिए । विष्णु शर्माले भने, ूमैले विद्या बेच्ने काम गर्दिन । तर छ महिनाभित्र यी राजकुमारहरूलाई राजनीति जान्ने बनाउन सकिन भने मैले आफ्नो नाम नै फेर्छु ।ू

मूर्ख राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लाएर राजा निश्चिन्त भए । विष्णु शर्माले राजकुमारहरूलाई शिक्षा दिनका लागि अनेक कथाहरू रचे । कथाहरूको माध्यमबाट नै उनले राजकुमारहरूलाई राजनीति, कूटनीति र व्यावहारिक ज्ञानको शिक्षा दिए ।
विष्णु शर्माले रचेका कथाहरू पाँच प्रकरण वा खण्डमा बाँडिएको हुनाले ती सबै कथालाई पंचतन्त्र भनिन्छ । ती पाँच खण्डको नाम यस प्रकार छः १ मित्रभेद, २ मित्रसंप्राप्ति, ३ काकोलुकीय, ४ लब्धप्रणाश र ५ अपरीक्षितकारक ।

यसका कतिपय कथाहरु कथाहरुभित्र कथा र कथाभित्रका कथाभित्र पनि कथा छन् । संस्कृत साहित्यको यो प्राचिन शैली हो । यसैले यसभित्र कति वटा कथा छन् भनेर स्पष्टसँग छुट्याउन गाह्रो छ । तै पनि सामान्यतः बजारमा उपलब्ध पंचतन्त्र कथाका पुस्तकहरूमा ४० देखि ८० वटासम्म कथा पाइन्छन् ।

यो बाल संसार वेब पृष्ठमा केटाकेटीले रुचाउने खालका र उनीहरूलाई उपयोगी कथाहरू बटुलेर राखिएका छन् । यी कथाहरू हिन्दी भाषामा प्रकाशित पंचतन्त्रका विभिन्न पुस्तकहरूबाट उल्था गरिएका हुन् । कतिपय कथाहरूलाई अनुवादमात्र नगरी नेपाली परिवेशमा ढाल्ने र सरल बनाउने प्रयास पनि गरिएको छ ।

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of