a presentation of Dreams & Ideas

         
     
    बौद्ध जातककथा

घमण्डी बँदेल
मूर्ख मित्र
संगतगुनको फल
हिले कौवा

जातक कथाबारे

जातक कथाको अर्थ हो जन्मको कथा । यी कथाहरू गौतम बुद्धको समयभन्दा केही पहिलेदेखि प्रचलित भएको मानिन्छ । जातक कथाहरूको मूल उद्देश्य जनसाधारणले बुझ्ने गरी पशुपंछी र मानिसहरूको कथामार्फत नैतिक शिक्षा, खास गरी बुद्ध धर्मका सन्देशहरूको प्रचार गर्नु हो ।

यी कथाहरू मूल रूपमा गौतम बुद्धले आफ्नो पूर्वजन्मको बारेमा भनेका कथाहरू मानिन्छन् । उनी पूर्वजन्ममा चरा, जानवर, मानिस आदि विभिन्न रूपमा जन्मेर भोगेका शिक्षाप्रद कथाहरू यसभित्र पर्छन् । केही कथामा उनका आफन्त र प्रिय शिष्यहरू पनि पूर्वजन्मका कथाका पात्रको रूपमा देखिएका छन् । बुद्धले पूर्वजन्ममा जुन पात्रको भूमिका खेले पनि त्यो पात्रको चरित्रले बुद्धका सिद्धान्तअनुरूप आचरण गरेको देखिन्छ ।

जातक कथाहरू आफैमा स्वतन्त्र वा बेग्लाबेग्लै कथा नभएर कुनै घटना वा कथासँग जोडिएर आएका कथा हुन् । जातक कथाभित्र जम्मा ५४७ कथाहरू छन् । यहाँ बालबालिकालाई उपयोगी र रोचक केही कथाहरू रोजेर राखिएका छन् । यसमा राखिएका कथाहरू विनय कसजूबाट विभिन्न स्रोतबाट संकलनगरी अनुवाद र सम्पादन गरिएका हुन् । बेलाबेलामा अरु जातक कथाहरू पनि थपिने छन् ।

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of